मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा

मङ्गलबार, १६ असार २०८३, १७ : ४३
मङ्गलबार, १६ असार २०८३

काठमाडाैँ। अफगानिस्तानकाे राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले प्रमुख खानी निकासी संस्थासँग संयुक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । जसको उद्देश्य जमिन मुनि रहेका बारुती सुरुङ र अप्रकाशित गोलाबारुदको खतरालाई सम्बोधन गरी खतरा मुक्त गर्नु हो ।

सम्झौता अन्तर्गत, संगठनले पूर्वी प्रान्त नङ्गरहार, कुनार र नुरिस्तानका विभिन्न जिल्लाहरूमा लगभग १८ लाख वर्ग मिटर दूषित जमिन खाली तथा खतरा मुक्त हुने छ।

यस पहलमा माथि उल्लेखित प्रान्तहरूमा द्रुत आपतकालीन प्रतिक्रिया टोलीहरूको स्थापना र प्रभावित समुदायका ३६ हजार ६८० जना बासिन्दाहरूलाई खानी जोखिम शिक्षा कार्यक्रमहरू वितरण गर्ने कार्यक्रम पनि समावेश रहेको जनाइएको छ।

परियोजना पूर्ण रूपमा कार्यान्वयन भए पछि लगभग दुई लाख १५ हजार मानिसहरूले यसको परिणामबाट लाभान्वित हुने जनाएको छ।

अफगानिस्तानमा विगतका दशकहरूमा युद्धबाट बाँकी रहेका विस्फोटक उपकरणहरूको विस्फोटका कारण हरेक महिना दर्जनौँ मानिसहरू प्रभावित हुने गरेको जनाइएको छ भने प्रभावित हुनेमा अधिबकाशं बालबालिका रहेको जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप