एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
सारांश
- फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ मा फ्रान्सले स्वीडेनलाई ३-० गोलले पराजित गरी अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
- फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई गोल गरे भने ब्राड्ली बारकोलाले एक गोल गरे ।
- यो जितसँगै फ्रान्सले विश्वकपको अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को रोमाञ्चक खेलमा फ्रान्सले स्वीडेनलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको छ ।
फ्रान्सको एकतर्फी जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरे भने युवा खेलाडी ब्राड्ली बारकोलाले एक गोल थपे ।
खेलको सुरुवातदेखि नै स्वीडेनमाथि दबाब बनाएको फ्रान्सले पहिलो हाफको अन्तिम समयमा अग्रता लिएको थियो । ४५औं मिनेटमा किलियन एम्बाप्पेले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको केही समयमै अर्थात् ५३औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
त्यस्तै, खेलको ७४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को सुनिश्चित जित दिलाए ।
फ्रान्सले खेल अवधिभर ६१ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । फ्रान्सले विपक्षीको पोस्टमा जम्मा २५ पटक प्रहार गरेको थियो, जसमा १३ प्रहार 'अन टार्गेट' थिए । स्वीडेनले मात्र ७ पटक प्रहार गर्न सक्यो, जसमध्ये केवल ३ प्रहार मात्र फ्रेममा थिए ।
रक्षात्मक र आक्रामक दुवै पक्षमा फ्रान्स बलियो देखिएको यो खेलमा स्वीडेनले गोल गर्ने खासै ठुला अवसरहरू सिर्जना गर्न सकेन ।
यो सानदार जितसँगै फ्रान्स अब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ र उसले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
-
आँखामा मसाज गन प्रयोग गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण