८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
सारांश
- आठ वटा विश्वविद्यालयका उपकुलपतिको लागि तीन/तीन जनाको नाम सिफारिस समितिले टुंगो लगाएको छ ।
- शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले प्रस्तावित उपकुलपतिको नाम टुंगिएको जानकारी दिए ।
- सिफारिस गरिएका नामहरू मध्ये कुलपतिले प्रत्येक विश्वविद्यालयमा एक/एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन् ।
काठमाडौँ । ८ वटा विश्वविद्यालयको उपकुलपतिका पदका लागि ३/३ जनाको नाम टुंगो लागेको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले ३/३ जनाको नाम टुंगो लगाएको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव श्रीप्रसाद भट्टराईले प्रस्तावित उपकुलपति ३/३ जनाको नाम टुंगो लागेको जानकारी दिए । शिक्षा मन्त्रालय स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि ३/३ जनाको नाम टुंगिएको हो ।
यी नामहरू समितिले कुलपति समक्ष सिफारिस गर्ने र कुलपतिले प्रत्येक विश्वविद्यालयमा एक/एक जनालाई उपकुलपतिमा नियुक्तसम्बन्धी निर्णय गर्ने व्यवस्था छ । जसअनुसार छिट्टै प्रक्रिया पूरा गरेर नियुक्तिको तयारी भएको मन्त्रालय स्रोतको भनाइ छ । अधिकांश विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बालेन शाह हुने व्यवस्था छ । उपकुलपतिका लागि उम्मेदवार दिएका उम्मेदवारहरुको अन्तर्वार्ता र प्रस्तुतीकरणपछि नाम सिफारिस भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम धातु उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन : परराष्ट्रमन्त्री
-
रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण