काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । शुक्रबार महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेकी हुन् ।
डङ्गोलले खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
‘बाल मृत्युदर घटाउन, व्यक्तिमा हुनसक्ने अपाङ्गता घटाउन खोप प्रभावकारी माध्यम हो’ डङ्गोलले भनिन्, ‘बालबालिकालाई जोखिमबाट बचाउन सक्रिय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय छ । हरेक बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन हरेक अभिभावकहरूलाई दायित्व निर्वाह गर्न अनुरोध गर्दछु ।’
उनले पूर्ण खोप सुनिश्चित गर्न २०८२ जेठ २८ गतेदेखि स्वास्थ्य विभागले खोप लगाउनबाट छुटेका लक्षित समूहका बालबालिका खोज्ने र खोप लगाउने कार्यक्रम ‘घरधुरी सर्वेक्षण’ प्रारम्भ गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो जहाजमाथि सशस्त्र समूहको आक्रमण
-
हलमा छैनन् नेपाली फिल्म, विदेशी भने भरिभराउ
-
भवनमै सीमित बैतडीको ट्रमा सेन्टर, जनशक्ति अभाव
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण