फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
काठडमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अमेरिकाको फिलाडेल्फियामा जारी फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक खेल दोस्रो हाफमा प्रवेश गरेको छ । खेलको ६० औँ मिनेट चलिसक्दा समेत दुवै टोलीले गोल गर्न सकेका छैनन् र खेल अहिले ०-० को रोमाञ्चक स्थितिमा अघि बढिरहेको छ ।
यसअघि खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रक्षात्मक बनेको थियो। पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसरहरू सिर्जना गरे पनि गोल पोस्टको दिशा दिन सकेनन् । दुई पटकको विश्व विजेता फ्रान्सले आफ्नो आक्रामक लय समात्ने प्रयास गरे पनि यसअघि जर्मनीलाई स्तब्ध पारेर सनसनी फैलाएको पाराग्वेले आज पनि उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरिरहेको छ ।
क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नका लागि यो खेल दुवै टोलीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको छ । दोस्रो हाफको खेल चलिरहँदा दुवै टोली पहिलो गोलको खोजीमा निकै आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । निर्धारित ९० मिनेटभित्र गोल हुन नसके खेल अतिरिक्त समय र पेनाल्टी सुटआउटमा जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण