बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत

बिहीबार, ०७ साउन २०८३, ०९ : २०
बिहीबार, ०७ साउन २०८३

सारांश

  • अमेरिकी मेजर लिग सकर (MLS) को नयाँ सिजन सुरु भएको छ।
  • स्टार खेलाडी लियोनेल मेस्सी मैदानमा नउत्रिए पनि उनको क्लब इन्टर मियामीले शिकागो फायरविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ।
  • लुइस सुवारेजले दुई गोल गरे भने पि प्लाम्बेकले एक गोल थपे।

काठमाडौँ । अमेरिकी मेजर लिग सकर (MLS) को नयाँ सिजन सुरु भएको छ। स्टार खेलाडी लियोनेल मेस्सी मैदानमा नउत्रिए पनि उनको क्लब इन्टर मियामीले विजयी सुरुआत गरेको छ।

शिकागो फायरविरुद्धको खेलमा इन्टर मियामीले ३–२ को रोमाञ्चक जित निकाल्यो। लुइस सुवारेजले दुई गोल गरे भने अर्को गोल पि प्लाम्बेकले गरे।

मेस्सी यस खेलमा टोलीमा समावेश भएनन्। उनको अनुपस्थितिमा पनि मियामीले पूर्ण तीन अंक जोड्न सफल भएको हो। हालको अवस्थालाई हेर्दा मेस्सीले अर्को खेल पनि विश्राम गर्ने सम्भावना रहेको अनुमान गरिएको छ। 
यद्यपि, क्लबले उनको पुनरागमनबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप