खरको छानामुक्त अभियानः ९२ हजारभन्दा बढी घरपरिवार जस्तापाताको छानामुनि
काठमाडौँ । सरकारले सञ्चालन गरेको खरको छाना विस्थापन अभियानअन्तर्गत हालसम्म ९२ हजारभन्दा बढी घरधुरीमा जस्तापाताको छाना छाइएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि सुरु भएको वित्तीय अनुदान कार्यक्रममार्फत ९२ हजार ९८८ घरपरिवार सुरक्षित आवास (जस्तापाताको छाना) मुनि आएका हुन् ।
गरीबीको रेखामुनि रहेका नागरिकहरूलाई आगलागी, हावाहुरी, वर्षा तथा अन्य प्राकृतिक जोखिमबाट जोगाउन सरकारले खर वा फुसको छाना भएका घरहरूमा जस्तापाता हाल्न वित्तीय अनुदान उपलब्ध गराउँदै आएको छ।
विभागले दिएको तथ्यांकअनुसार देशभर सुरक्षित आवास निर्माणका लागि कुल २ लाख १४ हजार २३० आवास संख्या स्वीकृत गरिएको थियो ।
स्वीकृत संख्यामध्ये हालसम्म १ लाख ५० हजार १२० घरधुरीसँग सम्झौता भइसकेको छ भने सोही सम्झौताअनुसार ९२ हजार ९८८ आवासको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ ।
बाँकी सम्झौता भएका र प्रक्रियामा रहेका आवासहरूमा पनि द्रुत गतिमा काम भइरहेको विभागले जनाएको छ । यो कार्यक्रमबाट विपन्न तथा जोखिममा रहेका परिवारहरूको जीवनयापन सुरक्षित बन्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
-
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : विभिन्न क्षेत्र संयोजन गर्न १० नेतालाई जिम्मेवारी
-
४८ करोड ९८ लाख राजस्व सङ्कलन
-
आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्य आवश्यक
-
रश्मि रिजाल मृत्यु प्रकरण : सिसिटिभी फुटेज विश्लेषण गर्दा के देखियो ?
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण