अपराध
टेकुमा गोली चल्यो, एक जना घाइते
आइतबार, ०३ साउन २०८३, १६ : १२
काठमाडौँ । राजधानीको टेकुमा आइतबार दिउँसो गोली चलेको छ । काठमाडौँ महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।
प्रहरीका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् । लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको टोलीमाथि आक्रमण प्रयास भएपछि प्रहरीले गोली चलाउँदा एक जना भारतीय नागरिक घाइते भएको ब्यूरोका एक अधिकारीले जानकारी दिए ।
प्रहरीले घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण