मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपराध

बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक

एक महिलासहित ५ जना नियन्त्रणमा
सोमबार, ०४ साउन २०८३, १७ : ३३
सोमबार, ०४ साउन २०८३

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आइतबार २५ वर्षीया सुनुवारको शव गेस्टहाउसको कोठामा पलङभित्र व्यवस्थापन गरेको अवस्थामा शव भेटिएको हो ।

कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी सुनुवारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौँका एसएसपी दिलिप घिमिरेले रातोपाटीलाई बताए । उनले भने, ‘हत्या भएको आशङ्का गरेका छौँ, पोस्टमार्टम गरेपछि थप कुराहरू खुल्छ ।’

साउन ३ मा कोठा सफा गर्ने क्रममा गन्ध आएपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर हेर्दा पलङमुनि सड्न लागेको अवस्थामा निशाको शव भेटिएको हो ।

गेस्टहाउसको कोठा एक जना युवकको नाममा बुक गरेको र निशा त्यहाँ असार २८ गते देखि बस्दै आएकी थिइन्। अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘गेस्टहाउसमा असार २८ गते देखि नै मृतक आउजाउ गरेको देखिन्छ ।’

उनको शरिरमा ठुलो चोट देखिएको छैन । टाउको पछाडिको भागमा सामान्य चोट देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

हत्यामा संलग्न आशङ्कामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ४ जना पुरुष र एक जना महिला छन् । शंकितहरूसँग जिल्ला प्रहरी परिसर काठमाडौँको इन्टेलिजेन्स टिमले सोधपुछ गरिरहेको छ ।

उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप