दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
दाङ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाले जिल्लामा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालयमा पुगेर साेमबार ध्यानाकर्षण गराएको छ।
पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासङ्घ दाङका पूर्वअध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्वकेन्द्रीय सदस्य सरद अधिकारी, राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरेसहित पत्रकारको टोलीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो।
बजारमा देखापरेको कृत्रिम ग्यास अभावलाई तत्काल हटाउन र आमउपभोक्तालाई सहज रूपमा ग्यास आपूर्तिको व्यवस्था मिलाउन विशेष पहल थाल्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई ध्यानाकर्षण गराइएको महासङ्घ दाङ शाखाले जनाएको छ।
सो क्रममा पत्रकारहरूसँग छलफल गर्दै प्रजिअ पाण्डेले बजारमा देखापरेको कृत्रिम ग्यास अभावलाई हटाउने विषयमा जिल्ला प्रशासनले विभिन्न योजनामा काम गरिरहेको बताउनुभयो । उहाँले उक्त विषयमा ग्यास उद्योग र विक्रेताको ध्यानाकर्षण गराइएको, उद्योग वाणिज्य सङ्घ, प्रहरीको युनिटसमेत परिचालन गरी अनुगमन भइरहेको, स्थानीय निकायसँग यस विषयमा छलफल भइरहेको र अभाव हटाउन विशेष रणनीति तयार गरिएको जानकारी दिए।
यसैबिच, जिल्लाका कुनै पनि ठाउँमा ग्यासको कालोबजारी गरेको थाहा पाएमा तत्काल सूचना दिन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ। सञ्चारकर्मीहरूसँग छलफल गर्दै प्रजिअ पाण्डेले खाना पकाउने ग्यासलाई सहज बनाउनका लागि आफूहरूले दाङका बजारहरूमा नियमित अनुगमन र निगरानी गरिरहेको बताए।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले बजारमा कृत्रिम अभाव भइरहेको समयमा सबै पक्ष सजग रहनुपर्ने बताउनुभयो । सञ्चारकर्मीहरूले पनि यस विषयमा विशेष निगरानी राखी सरोकार भएका निकायसँग सहकार्य र समन्वय गर्नुपर्नेमा उनले जोड दिए।
यता नेपाल पत्रकार महासङ्घ दाङले सम्पूर्ण सञ्चारकर्मीलाई बजारमा खाना पकाउने ग्यासमा देखापरेको कृत्रिम अभावका विषयमा विशेष चासो र निगरानी राख्न र कालोबजारी गरेको थाहा पाएमा तत्काल सरोकार भएका निकायमा जानकारी दिन अनुरोध गरेको छ।
सर्वसाधारणहरू ग्यासको अभावमा समस्यामा परेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चारकर्मीले ग्यासमा देखापरेको कृत्रिम अभाव र कालोबजारीलाई हटाउन प्रभावकारी भूमिका खेल्नुपर्ने पत्रकार महासङ्घले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण