कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : विभिन्न क्षेत्र संयोजन गर्न १० नेतालाई जिम्मेवारी
सारांश
- नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेको राष्ट्रिय भेला व्यवस्थित गर्न १० जना नेतालाई विभिन्न क्षेत्र परिचालनको जिम्मेवारी तोकेको छ ।
- नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, दलित संघ, किसान संघ, आदिवासी जनजाति, विदेश जनसम्पर्क समिति, बुद्धिजीवी र ट्रेड युनियन परिचालनका लागि नेताहरूलाई जिम्मेवारी दिइएको छ ।
- पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नीतिगत सुधार र आगामी कार्यदिशाबारे छलफल गर्न आयोजना गरिएको भेलालाई शक्ति प्रदर्शन भन्दा नीतिगत बहसको थलो बनाउने तयारी छ ।
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेका लागि तय गरेको राष्ट्रिय भेला सम्पन्न गर्न विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको छ ।
सोमबार काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले भेलालाई व्यवस्थित र सफल बनाउन विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले मंगलबार जानकारी दिए ।
संयोजक विश्वकर्माका अनुसार १० नेतालाई विभिन्न क्षेत्र परिचालनको जिम्मेवारी दिइएको छ । नेपाल विद्यार्थी संघ परिचालनका लागि कुन्दन काफ्ले, तरुण दल परिचालनका लागि जीतजंग बस्नेत, महिला संघ परिचालनका लागि उषा राउत, दलित संघ परिचालनका लागि यमुना विश्वकर्मा खड्कालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै नेपाल किसान संघ परिचालनका लागि गणेश तिमिल्सिना, लोकतान्त्रिक आदिवासी जनजाति परिचालनका लागि जगत बराम, विदेश जनसम्पर्क समिति परिचालनका लागि किरण पौडेललाई जिम्मेवारी तोकिएको विश्वकर्माले जानकारी दिए ।
काठमाडौँ जिल्ला सम्पर्क समिति र खेलकुद समन्वयनका लागि मोहनबहादुर बस्नेत, बुद्धिजीवी परिचालनका लागि मीन विश्वकर्मा र ट्रेड युनियन परिचालनका लागि हरिशरण नेपालीलाई जिम्मेवारी दिइएको छ ।
बैठकले अन्य भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई पनि आवश्यकता अनुसार समितिहरू बनाएर परिचालन गर्ने निर्णय गरेको विश्वकर्माले जानकारी दिए ।
प्रचारप्रसार संयोजक विश्वकर्माका अनुसार भेलाका लागि केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी पनि अन्तिम चरणमा पुगेको छ। ‘केन्द्रीय प्रतिनिधि खटाउनका लागि हामीले नामावली तयार पारिरहेका छौँ, बुधबारसम्ममा यसलाई अन्तिम रूप दिइनेछ,’ विश्वकर्माले रातोपाटीसँग भने ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नीतिगत सुधार र आगामी कार्यदिशाबारे छलफल गर्न इतर समूहले राष्ट्रिय भेलाको आह्वान गरेको हो। चुनदेवी बैठकले भेलालाई शक्ति प्रदर्शन भन्दा पनि नीतिगत बहसको थलो बनाउने गरी तयारी अगाडि बढाउने निष्कर्ष निकालेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेमा विवाद : अबको मुख्यमन्त्री को ?
-
वर्षमान पुनको प्रश्न : प्रविधिमैत्री निर्वाचनमा ‘ह्याकिङ’ र ‘प्रोग्रामिङ’ को जोखिम कसरी रोक्न सकिन्छ ?
-
जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
-
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
-
‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
-
सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण