पोखरामा सुरक्षित पर्यटनका लागि प्रहरी र व्यवसायीबिच छलफल
सारांश
- पोखराको सुरक्षा व्यवस्थालाई प्रभावकारी र पर्यटकमैत्री बनाउन गण्डकी प्रदेश प्रहरी र पर्यटन व्यवसायीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
- कार्यक्रममा पर्यटन क्षेत्रका सुरक्षा चुनौती, पदमार्गको सुरक्षा, होटल व्यवस्थापन तथा प्रहरी र व्यवसायीबिचको सहकार्यका विषयमा छलफल भएको छ।
- सुरक्षित पर्यटनका लागि निजी क्षेत्र र सुरक्षा निकायबिचको सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा सहभागीहरूले प्रतिबद्धता जनाएका छन्।
कास्की । नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र पर्यटकमैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेश प्रहरी र पर्यटन व्यवसायीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पोखरा पर्यटन परिषद्को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पर्यटन क्षेत्रका सुरक्षा चुनौती, पदमार्गको सुरक्षा, होटल व्यवस्थापन तथा प्रहरी र व्यवसायीबिचको सहकार्यका विषयमा विस्तृत छलफल भएको छ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो सर्त भएको बताए। उनले व्यवसायी र प्रहरीबिचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताउँदै यस्ता संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
अन्तरक्रियाका क्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पदयात्रा मार्गहरूमा हुने सम्भावित दुर्घटना र आपत्कालीन अवस्थामा तत्काल उद्धार गर्न विभिन्न स्थानमा सुरक्षाका स्थायी युनिट स्थापना गर्नुपर्ने माग राखे।
यस्तै, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायीले पाहुनालाई मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै यसतर्फ प्रहरीको ध्यानाकर्षण गराए।
पोखरा पर्यटन वर्षका संयोजक गोपी भट्टराईले भारतीय पर्यटकको आगमन वृद्धि भइरहेको समयमा गण्डकी प्रदेश र कास्की प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए।
सो अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) वीरेन्द्र घर्तीले होटल तथा भाडाका कोठाहरूमा लामो समय बस्ने व्यक्तिहरूबाट हुनसक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहेको जानकारी दिए। उनले भने, ‘प्रहरीले शङ्कास्पद गतिविधिमाथि सूक्ष्म निगरानी बढाएको छ।’ साथै उनले थपे, ‘होटल व्यवसायी र घरधनीले आफ्ना पाहुनाको पहिचान सुनिश्चित गरी कुनै पनि शङ्कास्पद गतिविधिको सूचना तत्काल प्रहरीलाई उपलब्ध गराउन आग्रह गर्दछु।’
लेकसाइड क्षेत्रका विभिन्न पर्यटन सम्बद्ध संघ-संस्था, होटल, ट्राभल तथा ट्रेकिङ व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले सुरक्षित पर्यटनका लागि निजी क्षेत्र र सुरक्षा निकायबिचको सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा सामूहिक प्रतिबद्धता जनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद दंगालको प्रश्न – संवैधानिक निकायका पदाधिकारीको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने ?
-
भिनिसियस जुनियरको गन्तव्य म्याड्रिड कि लण्डन?
-
इरान युद्धमा अमेरिकी जनसमर्थन घट्यो, अधिकांश भन्छन् ट्रम्पको उद्देश्य अस्पष्ट
-
लघुवित्त पीडितले थाले माइतीघरमा आमरण अनसन, तस्बिरमा हेर्नुहोस्
-
मोबाइल र सामाजिक सञ्जालले मानव तस्करलाई सहज बनायो : हरिवंश आचार्य
-
रवि लामिछानेको नयाँ राजनीतिक दर्शन : के हो 'सालो पथ' ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण