श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
सारांश
- सर्लाहीमा ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक युवकलाई पक्राउ गरिएको छ ।
- धनकौल गाउँपालिकाका २१ वर्षीय बसन्ता बैठा धोबीले आफ्नै १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए ।
- समयमै उद्धार गरिएकी चिन्ता देवीको अवस्था गम्भीर रहेको र घटनामा संलग्न श्रीमान् बसन्तालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
सर्लाही । बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक युवकलाई पक्राउ गरिएको छ ।
जिल्ला सर्लाही, धनकौल गाउँपालिका–१ शेखौना बस्ने २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८:०० बजे आफ्नै १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए ।
घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन् । आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी राजघाटबाट प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैया पुर्याएको थियो । सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकोमा पुनः थप उपचारको लागि राति १०:३० बजे रौतहटको बेटर नेपाल, गरुडामा लगेर उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको छ ।
घटनामा संलग्न बसन्ता बैठा धोबीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण