सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
सारांश
- सुनसरीको दोवानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीचको झडपमा सुरक्षाकर्मीको गोली लागि एक जनाको मृत्यु भएको छ ।
- झडपमा परी ९ जना स्थानीय बासिन्दा घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
- प्रहरीतर्फ इन्स्पेक्टर राकेश राईसहित १० जना र सशस्त्र प्रहरीतर्फ १० जना घाइते भएका छन् ।
काठमाडौँ । सुनसरीको दोवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप हुँदा एक जनाले ज्यान गुमाए । सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज–४ घर भएका ३० वर्षीय ओमप्रकाश मेहताले ज्यान गुमाएका हुन् । उनको शरीरमा एक राउन्ड गोली लागेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
झडपमा परेर अरू ९ जना स्थानीय घाइते भएका छन् । घाइतेहरूमध्ये दुई जनालाई गोली लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक जना अधिकृतले रातोपाटीलाई बताए । अन्य ७ जना घाइतेहरूलाई गोली लागेको छैन । दुई जना स्थानीयको अवस्था गम्भीर छ । झडपमा इन्स्पेक्टर राकेश राई सहित १० जना र सशस्त्रका १० जना सुरक्षाकर्मी घाइते भएका छन् ।
घाइतेहरूको विराटनगर स्थित न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
घाइतेहरूको सूची :
न्युरोमा उपचार भइरहेकाहरू
१. जयप्रकाश मेहता, २० वर्ष, देवानगञ्ज–३ (पेटमा चोट अवस्था गम्भीर)
२. मिथलेश यादव, २२ वर्ष, देवानगञ्ज–३ (बायाँ कोखामा चोट)
३. अमलेश मेहता, १८ वर्ष, देवानगञ्ज–३ (बायाँ काधमा चोट)
४. मिथलेश मेहता, २५ वर्ष, देवानगञ्ज–३ (बायाँ कोखामा चोट)
५. अमित कुमार यादव, २० वर्ष (बायाँ हात र कोखामा चोट, विराट नरसिंहमा रिफर)
विराट नर्सिङ होममा उपचार भइरहेकाहरू
१. रवीन्द्र मेहता, २१ वर्ष, देवानगञ्ज–३ (बायाँ तिघ्रामा चोट अवस्था गम्भीर)
२. अमित कुमार यादव, १८ वर्ष, देवानगञ्ज–३ (कम्मरमा चोट)
३. सुनिल कुमार मेहता, २५ वर्ष, देवानगञ्ज–३ (बायाँ घुँडामा चोट)
४. सुनिल कुमार मेहता, २६ वर्ष (बायाँ हातको कुहिनामा चोट)
प्रहरीतर्फ
१. राकेश राई, इन्स्पेक्टर (टाउकोमा ५ टाँका लगाएको)
२. गणेश नारायण श्रेष्ठ, सई (कुममा चोट)
३. अमरलाल यादव, प्रबह (कुममा चोट)
४. राम बहादुर राई, प्रह (टाउकोमा चोट)
५. विजय यादव, प्रह (टाउको र शरीरमा चोट)
६. नवराज पोखरेल, प्रसह (कुममा चोट)
७. बुद्ध देव साह, प्रह (टाउको र छातीमा चोट)
८. निवेश यादव, प्रज (छातीमा चोट)
९. सशस्त्र तर्फ १० जना घाइतेको नाम नखुलेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गसहितका सडक मर्मतका लागि टेन्डर आह्वान
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण