सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

१० हजार घुससहित वडा सचिव अख्तियारकाे फन्दामा

सोमबार, ११ साउन २०८३, १८ : ३६
सोमबार, ११ साउन २०८३

काठमाडौँ । झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साहलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग अनावश्यक दुःख–हैरानी दिई घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले सोमबार साहलाई नियन्त्रणमा लिएको हो।

वडा सचिव साहलाई सेवाग्राहीबाट रु. १० हजार घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक होटलबाट  नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप