रश्मि रिजाल मृत्यु प्रकरण : सिसिटिभी फुटेज विश्लेषण गर्दा के देखियो ?
सारांश
- तारकेश्वर नगरपालिकास्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा साउन ९ मा रश्मि रिजाल मृत भेटिएकी थिइन् ।
- प्रहरीको प्रारम्भिक अनुसन्धानले रश्मिले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको निष्कर्ष निकालेको छ ।
- सिसिटिभी फुटेज विश्लेषण गर्दा घटनास्थलमा अरू कसैको उपस्थिति नदेखिएको र गाडीको ढोका लक गरिएको पाइएको छ ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा साउन ९ मा रश्मि रिजाल मृत भेटिइन् । ।
४५ वर्षीया रिजाल साउन ८ मा बिहान ७ बजे घरबाट निस्केपछि सम्पर्कविहीन भएकी थिइन् ।
भोलिपल्ट उनले चलाउने गरेको बीएई ०४१० नम्बरको ईभी कार भित्र रश्मि मृत अवस्थामा भेटिएकी थिइन् । उनी कारको पछिल्लो सिटमा थिइन्, गाडीको चाबी चालक सिटमा नै थियो ।
उनी नक्सालमा कार्यालय रहेको सानिमा क्यापिटल लिमिटेडको मर्चेन्ट हेडको रुपमा कार्यरत थिइन् । रश्मि सम्पर्कविहीन भएकै दिन सानिमा क्यापिटलका सीईओ सहितका ३ जना कर्मचारी मनमैजु स्थित उनको घरमा पुगेको भेटिएको छ ।
रश्मिका परिवारले क्यापिटलका ३ जना कर्मचारी घरमा आएको कुरा प्रहरीलाई जानकारी गराएका छन् । प्रहरी वृत्त बालाजुमा पीडित परिवारले घटना अनुसन्धान गर्न जाहेरी दिँदै कर्मचारी घरमा आएर ‘सोधपुछ’ गरेको विषय जाहेरीमा पनि उल्लेख गरेका छन् ।
प्रहरीका एक जना अधिकृत भन्छन्, ‘तीनजना कर्मचारी घरमा आएको कुरा जाहेरीमा उल्लेख छ, त्यसबारे हामी अनुसन्धान गर्दैछौँ ।’
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) पवन कुमार भट्टराईले पीडित परिवारले घटना अनुसन्धान गर्न जाहेरी दिएर शव बुझेको बताए । उनले भने, ‘जाहेरीमा उल्लेख गरिएको विषयमा हामी सोधपुछ र अनुसन्धान गर्दैछौँ ।’
नुवाकोटको बेलकोटगढी नगरपालिकाको ताँदी घर भएर मनमैजुमा बस्ने रिजाल घर नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए । क्यापिटलका कर्मचारीले घरमा पुगेर ‘रश्मि किन कार्यालयमा नआएको ?’ भन्दै सोधपुछ गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
तारकेश्वर नगरपालिका वडा नम्बर–९ मनमैजु स्थित शुभकामना चोकमा बस्दै आएकी घरबाट निस्केर सिधै उनी घटनास्थलमा गएको र पेट्रोल छर्केर उनले आत्मदाह गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनी पेट्रोल बोकेर घटनास्थलमा पुगेकी थिइन् ।
प्रारम्भिक अनुसन्धानबाट रश्मिले आफैँलाई जलाएको अनुसन्धानले देखाएको एसपी भट्टराईले बताए । उनले भने, ‘सिसिटिभी फुटेज विश्लेषण गर्दा घटनास्थलमा अरूको उपस्थिति देखिँदैन ।’
गाडीमा एयर कन्डिसन अन गरेर सुरुमा कारभन्दा बाहिर शरीरमा पेट्रोल छर्केको र भित्र छिरेर आगो लगाएको अनुसन्धानबाट थाहा भएको छ । गाडीभित्र जलेको अवस्थामा ३ वटा लाइटर प्रहरीले बरामद गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी वृत्त बालाजुका एक जना अधिकृत भन्छन्, ‘गाडीको ढोका लक गरिएको थियो, आगो उहाँ आफैँले लगाएको सिसिटिभीबाट पनि देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण