मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सद्भाव कायम राख्न नेकपा संयुक्तको आह्वान

मङ्गलबार, १२ साउन २०८३, १० : ०१
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले सुनसरीको कप्तान गञ्जमा भएको घटनाप्रति स्तब्ध भएको जनाएको छ।
  • पार्टीले शान्ति सुरक्षाको वैकल्पिक उपाय अवलम्बन नगरी नागरिकमाथि गोली हान्ने तरिकाको भर्त्सना गरेको छ।
  • नेकपा (संयुक्त) ले दोषी उपर छानबिन गरी कारबाही गर्न र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले साउन ११ गते सुनसरीको कप्तान गञ्जमा भएको घटनाप्रति स्तब्ध भएको जनाएको छ । साथै शान्ति सुरक्षाको वैकल्पिक उपाय अवलम्बन नगरी सिधै र बर्बर तरिकाले नागरिकमाथि गोली हान्ने तरिका आलोचनायुक्त भएको भन्दै भर्त्सना गरेको छ । 

प्रचार विभाग प्रमुख दामोदर अर्यालले मंगलबार विज्ञप्ति जारी गर्दै घटनामा दोषी उपर छानबिन गरी अविलम्ब कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

नेकपा संयुक्तले सुनसरी लगायत अन्य जिल्लामा धार्मिक उत्तेजना फैलिन सक्ने सम्भावना रहेकाले शान्ति र सामाजिक सद्भाव कायम राख्न सवैमा  आह्वान  समेत गरेको छ ।

592096234_1815739566596705_8624396224437803059_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप