बानेश्वरमा पुजा र आकाशसँगै नाँचे मुन्द्रे र माग्ने
काठमाडौं – देशका चर्चित कलाकारले बानेश्वरको मुलसडकमा दर्शक हँसाए छन् । रेडियो अडियोले सोमबार आयोजना गरेको ‘बानेश्वरको गाईजात्रा’ कार्यक्रममा हाँस्य कलाकारहरुले सडकमै उत्रिएर दर्शक हँसाएका हुन् । कार्यक्रममा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारले बिभिन्न हाँस्य प्रस्तुतिले दर्शक हँसाएका थिए ।
कार्यक्रममा २२ भदौबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रामकहानी’का लिड कलाकार जीतु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने), अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले चलचित्रको ‘तिम्रो लागि म छु...’ बोलको गीतमा नृत्य प्रस्तुत गर्दै दर्शक नचाएका थिए । यी कलाकारले कार्यक्रममा चलचित्रको प्रचार समेत गरेका थिए ।
कार्यक्रममा गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘नाईं नभन्नू ल ५’ का कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माले पनि नृत्य देखाए । दुवैले दर्शकलाई चलचित्र हेर्न निम्तो दिँदै ‘बालापन...’ गीतमा नाचेका थिए ।
कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले हाँस्यव्यङ्ग्य प्रस्तुत गर्दै ‘छक्का पञ्जा ३’ दशैंमा प्रदर्शन हुने जानकारी दिए । दीपक र दीपासहित अभिनेता जीतु नेपाल (मुन्द्रे) र केदार घिमिरे (माग्ने)ले चलचित्रको ‘पहिलो नम्बरमा...’ बोलको गीतमा नृत्य गर्दा दर्शक पनि सँगै नाचेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण