बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वरमा पुजा र आकाशसँगै नाँचे मुन्द्रे र माग्ने

सोमबार, ११ भदौ २०७५, १८ : १६
सोमबार, ११ भदौ २०७५

काठमाडौं – देशका चर्चित कलाकारले बानेश्वरको मुलसडकमा दर्शक हँसाए छन् । रेडियो अडियोले सोमबार आयोजना गरेको ‘बानेश्वरको गाईजात्रा’ कार्यक्रममा हाँस्य कलाकारहरुले सडकमै उत्रिएर दर्शक हँसाएका हुन् । कार्यक्रममा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारले बिभिन्न हाँस्य प्रस्तुतिले दर्शक हँसाएका थिए । 

कार्यक्रममा २२ भदौबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रामकहानी’का लिड कलाकार जीतु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने), अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले चलचित्रको ‘तिम्रो लागि म छु...’ बोलको गीतमा नृत्य प्रस्तुत गर्दै दर्शक नचाएका थिए । यी कलाकारले कार्यक्रममा  चलचित्रको प्रचार समेत गरेका थिए । 

कार्यक्रममा गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘नाईं नभन्नू ल ५’ का कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माले पनि नृत्य देखाए । दुवैले दर्शकलाई चलचित्र हेर्न निम्तो दिँदै ‘बालापन...’ गीतमा नाचेका थिए ।
कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले हाँस्यव्यङ्ग्य प्रस्तुत गर्दै ‘छक्का पञ्जा ३’ दशैंमा प्रदर्शन हुने जानकारी दिए । दीपक  र दीपासहित अभिनेता जीतु नेपाल (मुन्द्रे) र केदार घिमिरे (माग्ने)ले चलचित्रको ‘पहिलो नम्बरमा...’ बोलको गीतमा नृत्य गर्दा दर्शक पनि सँगै नाचेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप