शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तनहुँमा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै, एक वर्षमा  ३५ हजारले सेवा लिए

आइतबार, ०८ साउन २०७४, १० : ४०
आइतबार, ०८ साउन २०७४

तनहुँ-      पछिल्लो समय तनहुँमा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै गएको छ । 
आयुर्वेदिक औषधिले ढिलो रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका वरिष्ठ कविराज निरीक्षक केशवराज न्यौपानेले बताए । 

"अहिले विकसित मुलुकमा हर्बल भनेर आयुर्वेदिक औषधिको प्रयोग बढेको छ’, उनले भने, “हाम्रो देशमा भने त्यस्तो छैन ।” आयुर्वेदको महत्व बुझ्दै गएपछि यसमा अझ आकर्षण बढ्दै जाने उनको भनाइ छ । 
तनहुँमा आर्थिक वर्ष २०७३/७४ मा ३४ हजार ९ सय ५७ जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा ३९ हजार ७१० जनाले उपचार सेवा लिएका थिए भने आव २०७१/७२ मा ३५ हजार ७३४ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले जनाएको छ । 

यो तथ्यांक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र  ११ वटा औषधालयको हो । जिल्लाको शिशाघाट, रिस्ती, मानेचौका, बन्दिपुर, भानु, टुहुरेपसल, केशवटार, जामुने भञ्ज्याङ, खैरेनी, भिमाद र भभिरकोटमा आयुर्वेद औषधालय सञ्चालनमा रहेको छ । 

त्यस्तै, ६३१ जनाले स्तनपायी आमा मातृशिशु स्वास्थ्य कार्यक्रम , २७५ जनाले निःशुल्क स्वास्थ्य आयुर्वेद स्वास्थ्य शिविर,४०१७ जनाले जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, १४१५ जनाले पञ्चकर्मको पूर्व सेवा कर्म (स्नेहन र स्वेदन), ६२२ गाउँघर क्लिनिक र ४८० जनाले विद्यालय शिक्षा कार्यक्रम बाट सेवा लिएको कार्यालयका सूचना अधिकारी केशवराज न्यौपानेले जानकारी दिए । 
     जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा दैनिक २०-२५ जना बिरामी आउने गरेकोमा अहिले दैनिक ४०-४५ जना आउने गरेका छन् । 

हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ अन्तर्गत ११ वटा इलाका स्तरीय आयुर्वेद औषधालय र निजिस्तरमा जिल्ला भित्र रहेका २३ वटा आयुर्वेद तथा वैकल्पिक चिकित्साक स्वास्थ्य संस्थाहरुबाट सेवा सञ्चालन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप