शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तनहुँ ट्राफिक प्रहरीद्वारा ८४ लाख ७६ हजार राजश्व संकलन

मङ्गलबार, १० साउन २०७४, १५ : ०७
मङ्गलबार, १० साउन २०७४

तनहुँ-      जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले नियम बिपरित चलेका सवारी साधनलाई कारवाही गर्दा उलेख्य रुपमा राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीको विषेश सक्रियताले तनहुँमा गत बर्षको तुुलनामा यो बर्ष राजश्व संकलनमा २८ लाख ८३ हजार ५ सयले बृद्धि भएको हो ।

आर्थिक बर्ष २०७२/०७३ मा नियम बिपरित चलेका सवारी साधनलाई कार्यवाही गरी कुुल ५५ लाख ९२ हजार ५ सय संकलन भएको थियो भने आर्थिक वर्ष २०७३/०७४ मा ८४ लाख ७६ हजार संकलन भएको छ ।

    जिल्लामा नियम बिपरित चलेका १३ हजार ५ सय ४७ सवारी साधन कारवाही गर्दा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण बहादुर क्षेत्रीले बताए । आर्थिक वर्ष २०७३/७४ मा ५ हजार २७३ ट्रक, २ हजार १९० बस, १ हजार ८४९ जिप/कार, ३ हजार ५१४ मोटरसाइकल र ७ सय २१ वटा ट्याक्टर गरि कुल १३ हजार ५ सय ४७ सवारी साधन कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण बहादुर क्षेत्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप