तनहुँ ट्राफिक प्रहरीद्वारा ८४ लाख ७६ हजार राजश्व संकलन
तनहुँ- जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले नियम बिपरित चलेका सवारी साधनलाई कारवाही गर्दा उलेख्य रुपमा राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीको विषेश सक्रियताले तनहुँमा गत बर्षको तुुलनामा यो बर्ष राजश्व संकलनमा २८ लाख ८३ हजार ५ सयले बृद्धि भएको हो ।
आर्थिक बर्ष २०७२/०७३ मा नियम बिपरित चलेका सवारी साधनलाई कार्यवाही गरी कुुल ५५ लाख ९२ हजार ५ सय संकलन भएको थियो भने आर्थिक वर्ष २०७३/०७४ मा ८४ लाख ७६ हजार संकलन भएको छ ।
जिल्लामा नियम बिपरित चलेका १३ हजार ५ सय ४७ सवारी साधन कारवाही गर्दा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण बहादुर क्षेत्रीले बताए । आर्थिक वर्ष २०७३/७४ मा ५ हजार २७३ ट्रक, २ हजार १९० बस, १ हजार ८४९ जिप/कार, ३ हजार ५१४ मोटरसाइकल र ७ सय २१ वटा ट्याक्टर गरि कुल १३ हजार ५ सय ४७ सवारी साधन कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण बहादुर क्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधुमेहले गुम्न सक्छ आँखाको ज्योति
-
काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा
-
नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
अबको यात्रा विकास र समृद्धि नै हो : सचेतक परियार
-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्न सात जना प्रारम्भिक सूचीमा
-
मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण