विरामीको मृत्यु भएपछि जनकपुर अञ्चल अस्पताल तनावग्रस्त
जनकपुर– जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीले एक विरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ । मिथिला नगरपालिका वडानम्बर ६ बस्ने अन्दाजी ५० वर्षीय रामनारयण मण्डलको मृत्यु भएपछि विरामीका आफन्त र अस्पताल कर्मचारीबीच भनाभन र हात हालाहाल नै भएको छ ।
हर्टअट्याक भएपछि मण्डललाई एम्बुलेन्सबाट तत्कालै अस्पताल ल्याइएको आफन्तले बताएका छन् । तर आकस्मिक कक्षमा ड्यूटीमा रहेका चिकित्सकले टिकट काटेर ल्याएपछि मात्रै उपचार हुने भनेपछि विरामीका आफन्त पुर्जा लिन जाँदा विरामीको मृत्यू भईसकेको परिवारका सदस्यको आरोप छ ।
मृतकका परिवारले चिकित्सकको लापरवाहीले मृत्यू भएको प्रहरीलाई गुनासो गर्दा चिकित्सकले उल्टै आफुमाथि कुटपिट गरेको पनि बताएका छन् । मण्डलका दुई छोरा रमेश र राजाराममाथि कुटपिट भएको बताइएको छ ।
अहिले अस्पतालको अवस्था तनावग्रस्त छ । भीड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अस्पतालमा आपतकालिन वैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण