ज्ञानेन्द्रको मधेस भ्रमणः जनकपुरमा भव्य स्वागत, लाग्यो ‘राजा आउ देश बचाउ’को नारा (फोटोफिचर)
जनकपुर । मधेश भ्रमण आएका पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा जनकपुरमा ‘राजा आउ देश बचाउ’को नारा उनका समर्थकहरुले लगाएका छन् ।
बुधबार अबेर साँझ जनकपुरस्थित सिताशरण होटेलको मुलद्वारमा शाहका समर्थकहरुले देशमा विदेशीको हस्तक्षेप बढेको भन्दै पूर्वराजा शाह समक्ष राष्ट्रवादी नागरिक समाज जनकपुरले माग गरेका हुन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका ललन चौधरीले राजसंस्था र हिन्दु धर्म सापेक्ष बिना मुलुक नचल्ने देखिएकोले राजाको आवश्यक रहेको भन्दै पूर्वराजा शाहको स्वागतको लागि उनी समेत पुगेका थिए ।
त्यस्तै राजपा नेपालबाट अलग भएका राजपा लोकतान्त्रिकका संयोजक रितेश सिंहले जनकपुरमा पाहुनालाई स्वागत गर्ने हरेक नागरिकको अधिकार रहेकोले आफू स्वागत गर्न आएको उनको तर्क थियो ।
पूर्वराजा शाह भोली बिहान सर्लाहीस्थित दुर्गा मन्दिरमा पूजापाठ गरि सप्तरीस्थित सखडा मन्दिरलगायतका मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ भने पर्सि पुनः जनकपुरमा भेटघाटका कार्यक्रमहरु राखिएको राजदरबारका सचिव फणी पाठकले जानकारी दिए ।
पूर्वराजा शाहको स्वागत अभिनन्दनका लागि सैकडौँ राजावादीहरुको उपस्थिथि देखिएको थियो ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण