सप्तरीमा १ सय ३१ वर्षीय बृद्धको मृत्यु
शुक्रबार, २९ चैत २०७५, १९ : १२
जनकपुर– नेपालकै जेष्ठ नागरिक १ सय ३१ वर्षीय बृद्धको आज देहान्त भएको छ । सप्तरीको तिरहुत गाउँपालिका वडा नं. १ बस्ने त्रिकौल धनपुरी निवासी रघु बहरखेर यादवको शुक्रबार निधन भएको हो ।
विगत लामो समयदेखि बिरामी रहेका रघुको बिहान ११ बजेर ३१ मा निधन भएको परिवारजनले जनाएको छ ।
उनका छोरा भरतलाल बहरखेर साविकको त्रिकौल गाविसका पूर्व उपाध्यक्ष थिए भने उनका नाती हेमन्त बहरखेर (मनोज) वर्तमान तिरहुत गाउँपालिकाका अध्यक्ष छन् । यसैबीच रघुको निधनप्रति विभिन्न संघ–संस्था तथा नगरपालिका गाउँपालिकाद्वारा दुःख व्यक्त गर्दै शोकाकूल परिवारलाई धैर्य धारणाको शक्ति प्रदान गरोस् भनि कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण