मुलुकको हित विपरित काम गर्नेलाई तह लगाइन्छः गृहमन्त्री
जनकपुर–गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले शान्ति सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको दाबी गरेका छन् ।
प्रदेश नम्बर २ मा आयोजित सुरक्षा गोष्ठीलाई शनिबार जनकपुरमा सम्बोधन गर्दै गृहमन्त्री बादलले अराजक गतिविधिमा लागेकहरुलाई नियन्त्रणमा लिइ सरकारले शान्ति सुरक्षा कायम राख्नमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे ।
सिके राउत तर्फ ईंगित गर्दै उनले अलग देशको माग लिएर आन्दोलन गर्दै आएकालाई मुलधारमा ल्याइनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले मुलुकको हित विपरित कार्य गर्ने विप्लव समूह नसच्चिए तह लगाएरै छाडिने पनि चेतावनी दिए ।
उनले छिट्टै नै प्रदेश प्रहरीदेखि जिल्ला प्रहरी कार्यालय समेत प्रदेश सरकारको मातहतमा जाने स्पष्ट पारे । प्रदेश प्रहरी सम्बन्धी विधेयक सांसदमा प्रस्तुत भइसकेकाले छिट्टै हरेक प्रदेशले आफ्नो सुरक्षा आफै गर्न सक्ने अधिकार प्राप्त गर्ने उनको भनाई थियो ।
गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप प्रदेश २ मा प्रदेश स्तरीय सुरक्षा गोष्ठी जनकपुरधाममा जारी रहेको हो ।
८ जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको गोष्ठीमा सीमा सुरक्षालाई सरकारको मुख्य प्राथमिकतामा राखि छलफल भइरहेको बताइएको छ ।
गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी कार्यक्रम अभियानको रुपमा आएको र राम्रो सन्देश दिन खोजेको चर्चा गर्दै सबै सरोकारवाला निकायहरुसंग साझेदारी गर्दै यसलाई अझै सशक्त ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए । शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जनसाझेदारिता अभिबृद्धि गर्ने उद्देश्यका साथ शुरु भएको कार्यक्रमको पृष्ठपोषण अत्यन्त उत्साहजनक रहेकोले साझेदारितालाई सफल पार्न सबैले सहकार्य गर्नुपर्नेमा उनको जोड थियो ।
साथै प्रदेश २ देशकै लाइफलाइनको रुपमा रहेकोले राजमार्ग बन्द जस्ता अवाञ्छित गैरकानुनी क्रियाकलाप हुन नदिनेतर्फ तथा संगठित अपराध र चोरी तस्करी नियन्त्रणमा सबै सुरक्षा निकायको समन्वयकारी भूमिका हुनुपर्नेमा पनि उनले जोड दिए ।
अपराध र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएकाले यसलाई कडाइका साथ पालना गर्नुपर्नेमा पनि उनले जोड दिए ।
नेपाल प्रहरीमा मानब बेचबिखन ब्यूरो र साइबर व्यूरो स्थापना भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले संगठन सुदृढिकरण गर्ने क्रममा भौतिक साधनस्रोत व्यवस्थापन गर्न उच्च प्राथमिकताका साथ लागिएको बताए ।
गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले पनि आ–आफ्नो विभागको तर्फबाट प्रस्तुतीकरण गरेका थिए । साथै गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामकृष्ण सुवेदी, सहसचिव ईन्दु घिमिरे लगायतले शान्ति सुरक्षा, विपद व्यवस्थापन र राष्ट्रिय परिचयपत्र कार्यक्रम सम्बन्धी आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण