प्रदेश नम्बर २ को फोरम अध्यक्षमा मन्त्री यादव
संघीय समाजवादी फोरम प्रदेश नम्बर २ को अध्यक्षमा प्रदेश नम्बर २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव निर्वाचित भएका छन् ।
फोरमको केन्द्रीय कोषाध्यक्षसमेत रहेका मन्त्री यादब सोमवार अबेर राति सम्पन्न अधिवेशनबाट प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् ।
विजय यादवले १ सय ८४ मत ल्याएर निर्वाचित भए। उनका निकटम प्रतिद्वन्द्वी केन्द्रिय उपाध्यक्ष रहेकी रेणु यादवले १ सय ४७ मत ल्याइन् ।
अध्यक्षका लागि सांसद अशोक यादवले उम्मेदवारी दिएका थिए ।
फोरमको नयाँ विधान अनुसार प्रदेशमा ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । निर्वाचन समिति अनुसार २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए ।
अध्यक्ष र सदस्यको निर्वाचन भएपछि समितिले ३ जना उपाध्यक्ष , १ जना महासचिव, १ जना सचिव र १ जना कोषाध्यक्ष सहित १० पदाधिकारी मनोनित गरिनेछ ।
प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता सहभागि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण