कुन बैंकमा पाइन्छ सस्तो ब्याजदरमा ऋण ?
काठमाडौं–बैंकहरुले नाफामा छलाङ मारेको प्रतिवेदन सार्वजनिक गरिरहँदा बैंकहरुको ब्याजदर घट्ने संकेत भने देखिएको छैन ।
ऋण लिन महंगो ब्याजदर चार्ज गर्ने बैंकहरुसँग उद्योगी व्यवसायी रुष्ट बन्दै आएका छन् । उनीहरुले उत्पादनमुलक उद्योगमा एकल अंकको ब्याजदर कायम गराउन लबिङ गरिरहे पनि अधिकांश बैंकहरुको आधार दर नै दोहोरो अंकमा रहेको छ ।
चालू आर्थिक वर्ष (२०७५÷०७६) को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका २० वटा बाणिज्य बैंकमा अझै ११ बैंकको आधारदर १० प्रतिशत भन्दा माथि छ । बाँकी नौ बैंकको आधारदर एकल अंकमा रहेको छ ।
यसमा सबैभन्दा कम आधार दर नेपाल बैंकको देखिएको छ । यस आधारमा अन्य बैंकको तुलनामा यो बैंकको ऋणको ब्याजदर तुलनात्मक रुपमा कम हुने देखिन्छ । नेपाल बैंकको आधारदर ६.९२ प्रतिशत रहेको छ ।
यसै गरी स्ट्याण्डर्ड चार्टड बैंक र नबिल बैंक पनि अन्य बैंकको तुलनामा कम आधारदर भएको बैंकमा दरिएका छन् । यद्यपि, अघिल्लो त्रैमास (दोस्रो त्रैमास) को तुलनामा भने आधारदर केही बढेको छ । अहिले नबिल बैंकको आधारदर ७.९९ प्रतिशत छ जबकी अघिल्लो त्रैमासमा यसको आधारदर ७.९४ प्रतिशत थियो । यता स्ट्याण्डर्ड चार्टड बैंकको पनि आधारदर ७.७४ प्रतिशत छ जबकी अघिल्लो त्रैमासमा ७.५५ प्रतिशत थियो । यस्तै नेपाल एसबिआइ बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुछ्रे बैंक, प्रभु बैंक, ग्लोबल आइएमइ बैंकको पनि १० प्रतिशत भन्दा कम आधारदर छ ।
कृषि विकास बैंकको सबैभन्दा महंगो आधारदर
अहिले बैंकहरुमा सबैभन्दा बढी आधारदर कृषि विकास बैंकको छ । यसको आधारदर ११.१६ प्रतिशत छ । तर अन्यको तुलनामा यसको आधारदर बढी हुनुमा सबै गाउँघर सम्म कृषि विकास बैंक पुगेको र यसले सञ्चालन खर्च उच्च हुन गइ आधारदर बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको तर्क छ ।
यद्यपि यो क्रमशः घट्दै जाने र निश्चित अवधिमा साइजमा आउने उपाध्यायको भनाई छ । उनी भन्छन्, ‘हामी पुरानो बैंक पनि भयौ, सबै ठाउँमा पुगेका छौ । हामी अरुले जस्तो महिना महिनामा ब्याजदर बढाइरहँदैनौ ।’
सञ्चालन खर्च र कोषको लागत बढी हुँदा आधारदर प्रभावित हुन्छ । आधारदर उच्च हुँदा ऋणको ब्याजदर स्वतः बढ्न जान्छ । कुमारी बैंक, एनसीसी बैंक लगायतको पनि उचच आधारदर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण