तराई मुक्ति मोर्चा राजपा नेपालमा विलय
जनकपुर– भूमिगत गिरोह चलाउँदै आएका स्वामी बाबाको नेतृत्वको जनतान्त्रिक तराई मुक्ति टाइगर्स पार्टी राष्ट्रिय जनता पार्टी नेपालमा विलय भएको छ ।
केन्द्रिय अध्यक्ष रामलोचन ठाकुर उर्फ स्वामी बाबाको अगुवाईमा दर्जनौँ नेता तथा कार्यकर्ताहरु राजापा प्रवेश गरेका हुन् ।
उनीहरुलाई राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव र प्रदेश २ का उद्योग, पर्यटन बन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले बिहीबार पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा मोर्चाका अध्यक्ष ठाकुरसहित उपाध्यक्ष भोला मुखिया, केन्द्रिय महासचिव पुष्पराज राय चमन र केन्द्रिय कोषाध्यक्ष महाबिर प्रसाद यादवलगायतका नेताहरु सहभागी थए ।
पूर्व सञ्चार मन्त्री समेत रहेका राजपा नेपालका अध्यक्ष मण्डल सदस्य यादवले मधेशी लगायत उत्पीडित समुदायहरुको हक अधिकारका लागि संघर्षरत रहेको जिकिर गर्दै नेपालमा उत्पीडितहरुका हक अधिकार राजपाले मात्र स्थापित गराउन सक्ने दावी गरे ।
उनले मधेशका सम्पूर्ण शक्तिहरुलाई राजपामा आबद्ध भई अधिकार प्राप्तिको संघर्षमा लाग्न आह्वान समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण