युवतीलाई प्रेमजालमा फसाएर बिहे, बिहेपछि भारतको कोठीमा बेचिएको खुलासा
किरणकुमार कर्ण
जनकपुर–युवतीलाई प्रेमजालमा फसाएर महोत्तरीका एक युवाले धनुषाकी एक युवतीलाई बिहेपछि भारतको कोठीमा लगेर यौनकार्य गर्न बाध्य बनाएको खुलासा भएको छ ।
४ महिनाअघि धनुषाको बटेश्वर गाउँपालिकाकी चमार समुदायकी १७ वर्षीया युवतीलाई महोत्तरीको लोहरपट्टी नगरपालिका २ का मोहम्मद रबानी कवारीले प्रेमजालमा फसाएर बिहेगरी भारत पुर्याएका हुन् ।
भारत विहार प्रान्तको मुज्जफरपुरस्थित कोठीमा बेचिएकी भनिएकी ती युवती भागेर नेपाल फर्किएपछि घटना बाहिर आएको हो । बिरामी अवस्थामा नेपाल फर्किएकी युवतीको जनकपुर अञ्चल अस्पतालमा एक साता उपचार गराएर घर फर्किएकी छिन् ।
भागी बिहेको डेढ महिनापछि कवारीले आफ्नो घरपरिवारको उपस्थितिमा विवाह गरेका थिए । विवाहपछि कवारीले युवतीलाई आफ्नो घर नलगी भारतको मुजफरपुरको एक कोठीमा देहव्यापार गर्न पुर्याएको बताइएको छ ।
‘पहिला प्रेम जालमा फसाए । त्यसपछि विवाहको नाटक गरी मलाई छलेर भारत विहारको मुजफरपुर स्थित एक कोठीमा पुर्याए ’, ती युवतीले आफ्नो पीडा सुनाउँदै भनिन् ‘मलाई त्यहाँ पुर्याएर यौन व्यवसायमा लगाए । मैले अस्वीकार गर्दा हातखुट्टा बाँधेर नसाको सुई लगादिन्थे, चिच्याउँदा कुटपीट गथ्र्यो, मुखमा कपडा कोचिदिन्थ्यो र यौन व्यवसाय गराउथ्यो ।’
कोठी नजिकैका एकजना महिलालाई आफूमाथि भएको पीडा सुनाएपछि उनले नुहाइदिने बहानामा कोठीबाट बाहिर लगेर भाग्न सहयोग गरेकी थिइन् ।
चरम यातना र यौन शोषणमा परेर सिकिस्त भएकी ती युवती जेठ ४ गते साँझ जनकपुरको रामानन्दचोकमा आइपुगेकी थिइन् । जानकी प्रहरीचोकीले त्यहाँबाट उद्धार गरी उनका घरपरिवारलाई बोलाएका थियो ।
बन्धक बनाएर चरम यातना दिएको निलडाम ती युवतीको हातखुट्टादेखि शरीरभरि सहजै देखिन्थे । पीडित परिवारले आफ्नो छोरीमाथि भएको यातना र यौनशोषणको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएपछि प्रहरीले जनकपुर अञ्चल अस्पतालमा विस्तृत मेडिकल गराएको थियो । चरम यातना यौनशोषणले सिकिस्त ती युवतीलाई चिकित्सकको सल्लाह अनुसार त्यहिदिन जनकपुर अंचल अस्पतालमा भर्ना समेत गरियो । ५ दिनको उपचारपछि समान्य भएपछि युवती घर फर्केकी हुन् ।
युवतीले आफूलाई ललाईफकाई मायाजालमा पारेर विहे गरी कोठीमा लगेर यौन व्यवसाय गराउने रवानीलगायत उनलाई सहयोग गर्नेहरुलाई कार्वाहीको लागि पहल गरिदिन गुहार गरेकी छन् ।
यता धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले ती युवतीलाई ललाईफकाई भारत लगेर यौन व्यवसाय गराएको घटनाको छानविन गरिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण