शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सात महिनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ

बुधबार, १५ जेठ २०७६, ०९ : ००
बुधबार, १५ जेठ २०७६

सल्यानमा सात महिनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो ।

सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । हत्या आरोपी आमालाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप