मुख्यमन्त्रीको पहलमा सुर्खेतबाट कर्णालीका दुर्गम जिल्लामा हवाई सेवा शुरु हुने
सुर्खेत– कर्णाली प्रदेशका विकट जिल्ला जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एयरले राजधानी सुर्खेतबाट हवाई सेवा शुरु गर्ने भएको छ ।
सीता एयरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिबद्धता जनाएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा मंगलवार मुख्यमन्त्री कार्यालयमा भएको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले हवाईसेवा सञ्चालन सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढा र सीता एअरका प्रवन्ध निर्देशक राजेन्द्रवहादुर सिंह प्रमुख बजार व्यवस्थापक रिजेश थापा उपस्थिति रहेका थिए ।
प्रतिबद्धता पत्रमा कर्णाली प्रदेशमा पर्यटन र हवाई यातायात सेवाको अभिवृद्धि गर्न प्रदेश राजधानीबाट जिल्ला सदरमुकामहरुमा रहेका विमानस्थलमा डोर्निएर २२८ को जहाजवाट उडान गर्ने उल्लेख गरिएको छ । सीता एयरले यसअघि नेपालगंजवाट हवाई सेवा सञ्चालन गरिरहेको थियो ।
प्रदेश राजधानी सुर्खेतवाट सिधै हवाई यातायात सञ्चालन भएपछि दुर्गम जिल्लाका नागरिकहरुलाई नेपालगञ्ज पुगेर सुर्खेत आउनुपर्ने समस्यावाट राहात मिल्ने भएको छ । यसअघि कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका नागरिकहरुले हवाई सेवाको प्रयोग गरि सुर्खेत आवागमण गर्दा नेपालगञ्जदेखि सुर्खेत सम्म ३ घण्टाको सडक यातायात प्रयोग गर्नुपर्ने अवस्था रहेको थियो । प्रदेश राजधानी सुर्खेतवाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एयरका बरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण