देउतालाई बली चढाउन जनकपुरमा अढाई वर्षीय नाबालकको हत्या
जनकपुर । अढाई वर्षीय बालक आर्यन भन्ने समिर कुमार साहको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा मिथिला नगरपालिका–६ का शम्भु कमार शाहका अढाई वर्षीय छोरा आर्यनको गत वैशाख २४ गते अपहरणपछि हत्या भएको थियो ।
वैशाख २३ गते अपरान्ह ५ बजेको समयमा अपहरणमा परेका आर्यनको करिब एक महिनापछि हत्यामा संलग्न स्थानीय ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
आर्यनको २४ गते मध्यराती २ बजे धारिलो हतियारले रेटेर हत्या गरिएको थियो । महतोले प्रहरी समक्ष बालकको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीले जेठ १५ गते महतोलाई उनकै घरबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार महतोको साथबाट एक थान धारिलो हतियार, आर्यनको हत्या गर्दा लगाएको गञ्जी, गम्छा र धोतीसमेत बरामद भएको छ ।
महतो गाउँमा धामीझाँक्रीको काम गर्दै आएका थिए । देवी देवताको नाममा नर वलीको रुपमा आफ्नै घर आँगनमा क्रुरतापूर्वक बालकको हत्या गरी बली चढाएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक बालककी आमा रेणु देवी साह घाँस काट्न गएको मौका छोपेर घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर आफ्नो घर लगेका थिए ।
महतोले बालकको हत्यापछि शव घर पछाडि कृष्णनन्दन महतोको खेतको झाडीमा फालेका थिए ।
पक्राउ परेका महतोलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक दिन ७ को म्याद थप गरिएको छ ।
अन्धविश्वासकै कारण उक्त घटना भएको प्रहरीको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण