जुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु
खलङ्गा– जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण आजबाट शुरु भएको छ । सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भि आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले औपचारिक रुपमा उद्घाटन गरे ।
सो अवसरमा उनले अहिलेको प्रविधिको युगमा यो प्रक्रियाबाट स्मार्ट लाइसेन्स वितरण हुनु खुशीको कुरा भएको बताए । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सवारी चालक अनुमितपत्र लिँदा यहाँका नागरिकले व्यहोर्नुपर्ने झण्झटको अब अन्त्य हुने बताए ।
पुरुषसरह ज्याला पाउँदा महिला खुशी
पातारासी गाउँपालिका– ४ का महिला पहिलोपटक पुरुषसरह ज्याला पाउँदा निकै हर्षित भएकी छिन् । यतिबेला पातारासी गाउँपालिका– ४ मा विउरेनी जलविद्युत्को काम निरन्तर भइरहेको छ । त्यहाँ काम गर्ने महिला पुरुष दुवैले एक दिनको रु ६०० का दरले ज्याला पाउने गरेका छन् ।
पहिलोपटक पुरुष बराबरको ज्याला पाउँदा निकै हर्ष लागेको पातारासी– ४ का स्थानीय जौकला बुढाले बताए । टुकी र झरो बालेर रात कटाउने स्थानीयवासी झिलिमिली बत्ती बाल्ने सपनामा निर्माण कार्यलाई सक्रियतापूर्वक निरन्तरता दिइरहेका छन् ।
बत्ती बाल्ने सपना साकार पार्न तन मनका साथ काम गरिरहेको पातारासी– ४ कि चद्रशीला ऐडीले बताए । महिला पुरुषभन्दा कमजोर हुन्छन् भन्ने भ्रमलाई चुनौती दिँदै आफूहरुले पुरुषसरह काम गर्ने सामथ्र्य देखाएको स्थानीयवासी बिजु बोहोराले बताए ।
वि.सं २०७२ देखि शुरु भएको विद्युत्को काम ९५ प्रतिशत सकिएको र ५ प्रतिशत मात्रै बाँकी रहेकाले जेठको अन्तिमतिर बत्ती बालिसक्ने विउरेनी उपभोक्ता समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण