कर्णालीमा पेट्रोलियम पदार्थको भण्डारण गर्न मुख्यमन्त्रीले चाले यस्तो कदम
सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण व्यवस्था गर्न नेपाल आयल निगमलाई आग्रह गरेका छन् । पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्वन्धि दीर्घकालीन रणनैतिक सुधार सम्वन्धि उच्चस्तरीय कार्यदलको टोलीसँग मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा उनले यस्तो आग्रह गरेका हुन् ।
हालसम्म कर्णालीमा एउटा पनि पेट्रोलियम पदार्थको भण्डारण नरहेको भन्दै मुख्यमन्त्री शाहीले असहज परिस्थितिमा पेट्रोलियम पदार्थको आपूर्तिको लागि भण्डारणको आवश्यकता जरुरी भएको वताए ।
भेटवार्तामा निगमको टोलीले पेट्रोलियम पदार्थको भण्डारण व्यवस्थाको लागि जग्गा प्राप्तिको समस्या रहेको भन्दै सहजीकरणका लागि मुख्यमन्त्री शाहीलाई आग्रह गरेको थियो ।
जवाफमा मुख्यमन्त्री शाहीले कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट र डोल्पामा समेत ढुवानी गर्न सहज हुने गरि सुर्खेतको छिन्चुमा भण्डारण केन्द्र राख्न उपयुक्त हुने भन्दै जग्गा प्राप्तीको लागि आफुले संघीय सरकारसंग पहल गर्ने वताए ।
टोलीसँगको भेटवार्ताकै बीचमा मुख्यमन्त्री शाहीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई फोन सम्पर्क गरी पेट्रोलियम पदार्थको भण्डारणको लागि जग्गा प्राप्तिको फाईल अगाडि वढाइदिन समेत आग्रह गरे ।
भेटवार्ताको क्रममा मुख्यमन्त्री शाहीले केन्द्र सरकारले आयात व्यवस्थापन गर्ने र प्रदेश सरकारले वितरणको व्यवस्थापन गर्ने नीति वनाउन आवश्यक रहेको पनि वताएका थिए ।
उनले पेट्रोलियम पदार्थ उपभोग गर्ने उपभोक्ताहरुको अवस्था हेरी अनुदान दिने व्यवस्था गर्न यस्तो नीति आवश्यक रहेको वताए । ‘अहिले सबै खाले उपभोक्ताले एकै खालको अनुदान सुविधा पाईरहेका छन्’ मुख्यमन्त्री शाहीले भने, ‘साधारण घरेलु उपभोक्ता, किसान र विद्यार्थीलाई दिइने अनुदान र व्यवसायिक उपभोक्ताहरुलाई दिईने अनुदान फरक–फरक हुन आवश्यक छ ।’
आयल निगम घाटामा छ भन्ने कुरा जनतालाई मन नपरेको भन्दै मुख्यमन्त्री शाहीले ढुवानी,भण्डारण र वितरणमा हुने चुहावट नियन्त्रण गर्न पनि आयल निगम गम्भीर बन्नुपर्ने पनि बताए । भेटवार्तामा पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्बन्धि दिर्घकालीन रणनैतिक सुधार सम्बन्धि उच्चस्तरीय कार्यदलका सदस्य विमलप्रसाद वाग्ले, कृष्ण आचार्य र आयल निगम सुर्खेतका प्रमुख दिपक घिमिरेको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण