डोल्पामा टेलिफोन सेवा अवरुद्ध
डोल्पा– गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा सञ्चार प्रवाह हुँदै आएको थियो ।
सदरमुकाम दुनैबाट बिहानै प्राविधिकको टोली लइटी डाँडामा रहेको टावरमा आएको खराबी पत्ता लगाउने हिंडेको नेपाल टेलिकम डोल्पाले जनाएको छ । फोन सेवा अवरुद्ध हुँदा यहाँका सबै ठाउँमा सम्पर्क गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए ।
टावर भएको स्थानमा पुग्न पाँच घण्टा लाग्ने भएकाले जतिसक्दो समस्या पत्ता लगाएर मर्मत गरिने टेलिकमले जनाएको छ । महिना दिनभित्र डोल्पामा दुई पटक टावरमा समस्या आएपछि फोन सेवा अवरुद्ध भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण