जनकपुरमा यसरी मनाइयो योग दिवस
पाँचौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार बिहानैदेखि जानकी मन्दिरको प्राङ्गण आज खचाखच भरिएको थियो ।
संघीय सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतदेखि मधेश केन्द्रीत दल राजपा नेपालका नेता र मन्त्री तथा सर्वसाधारणसम्मको सहभागिता थियो ।
शुक्रबार बिहानै राजीतिक दलका नेताहरुले गरेको योगाभ्यासको दृश्य रोचक देखियो ।

उपप्रधानमन्त्री यादवले मानव जीवनमा योगको महत्व र दर्शनबारे व्याख्या गर्दै उनले योगले मानवको शारीरिक र मानसिकरुपमा तन्दुरुस्त राख्ने हुनाले सबैलाई अनिवार्यरुपमा योगा गर्न आग्रह गरे ।
उपप्रधानमन्त्री यादवले योगा जीवनको लागि अति उपयोगी भएको बताए। उनले स्वस्थ्य र सुखी जीवन यापन गर्न योगाभ्यास नै एक मात्र बिकल्प रहेको बताए ।

जानकी मन्दिर प्राङ्गणमा सेतो वस्त्रमा देखिएका योग दिवसको अवसरमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, मुख्यमन्त्री राउत, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा आर्थिक योजनामन्त्री विजय यादव, अन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव, राज्यमन्त्री डिम्पल झा, राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सहितको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण