कविता : जुनकिरी
-आविष्कार चापागाईं
साँझपख देख्दिन म अचेल
कुनै बेला साँझपख
यसकै पछि पछि लागेर
टप्प समाउँदै हातमा
खेलाउँदै
आकाशका ताराहरू
यिनकै प्रकाशले
गन्र्दै बस्ने म
अचेल यिनलाई देखिँदैन
ती बालापनका
ती रमाइला क्षणहरू
ती पछि पछि
दगुर्दै
हातमा खोपी बनाएर समात्ने
म अचेल
हरेक दिन
घरको पिँडीमा
घरको छतमा
टोलाई रहन्छु !
बादल हुन्छ
आकाश हुन्छ
तारा पनि हुन्छ
चकमन्न रात पनि हुन्छ
तर
म उसको ताँती नै देख्दिनँ
म उसको त्यो
झिसनिस प्रकाश पनि देख्दिनँ !
खै अचेल जुनकिरी
मेरो घर किन आउँदैन
मेरो गाउँ किन आउँदैन
मेरो भन्सामा किन आउँदैन
हरेक
बेलुकी चकमन्न रातहरूलाई
उज्यालो बनाउन ताँती नै बोकेर
मेरो घरघर धाएर
म सँगसँगै हातमा हात
समाएर तिम्रो घर उज्यालो बनाउँछु भन्ने
ती जुनिकिरी बालापनमा
आमाले कथा सुनाएर म सुतेजस्तै
हरेक दिन म त्यही कथा सुनेर
हरेक वर्ष म त्यही कथा सुनेर
हरेक चोकमा त्यही कथा सुनेर निदाउने
कैयौँ बालकहरू
आज जुनकिरीको खोज मा तडपिरहेको छन् !
हरेक दिन म जस्ता
युवा जुनकिरी खोज्न
पल्ला सहरतिर
उपल्ला बजारतिर
लावा लस्कार लागेर गइरहेका छन्
जुनकिरी आउला र
घरमा भएको बूढी छोरालाई
खुसी बनाउने सपना लिएर
जुनिकिरी जस्तै उडेर
टाढा गएको छ !
मलाई जुनकिरी दिन्छु
भनेर
मसँग
मेरो हात
मेरो कलम
मेरो परिस्थित
मेरो सोच
मेरो खुसी
मेरो अस्तित्व
मेरो यो खुला आकाश
मा रजाइँ गरेर
टाप्रे किरालाई खुला छोडेर
मेरा
ती अबोध जुनिकिरीहरूको
नाश गर्नै
टाप्रेहरूलाई
यति भन्छु
टिलपिल गर्दै भए पनि
आकाशमा जुनकिरी फिर्ता ल्याउने छु !
भरतपुर–६, चितवन
चितवन मेडिकल कलेज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण