गुगलमाथि अमेरिकाको लगाम
वासिङ्टन डीसी । अमेरिकाको न्याय मन्त्रालयले गुगललाई स–साना भागमा विभाजन गर्ने प्रयासलाई अगाडि बढाइरहेको छ । मन्त्रालयले गुगललाई कम्पनीको डिजिटल विज्ञापन नेटवर्क चलाउने अन्तर्निहित प्रविधि त्याग्न भनेको छ । सरकारले सोमबार राति भर्जिनियाको संघीय अदालतमा यो नयाँ प्रस्ताव पेश गरेको थियो । यसअघि सरकारले गुगलको क्रोम ब्राउजर र यसको सर्च इन्जिनलाई डिलिङ्क गर्ने प्रस्ताव पनि गरेको थियो ।
एक संघीय न्यायाधीशले केही हप्ता अघि मात्र गुगलले अन्य अनलाइन वेबसाइटहरूलाई हानि पुर्याएको र आफ्नो डिजिटल विज्ञापन व्यवसाय मार्फत प्रतिस्पर्धालाई अनुचित रूपमा दबाएको फैसला सुनाएका थिए ।
१७ पृष्ठको फाइलिङमा, मन्त्रालयका वकिलहरूले अमेरिकी जिल्ला न्यायाधीश लियोनी ब्रिन्केमाले गुगललाई यसको एडेक्स व्यवसाय र डीएफपी विज्ञापन प्लेटफर्म बन्द गर्न आदेश दिएर सजाय दिनुपर्ने तर्क गरे । यी दुई प्रविधिहरूले विज्ञापनदाता र वेबसाइटलाई जोड्न काम गर्छन् ।
निर्णयको विरोध गर्ने योजनामा गुगल
सेप्टेम्बरको अन्त्यमा एन्टिट्रस्ट मुद्दाको सुनुवाइ सुरु हुँदा गुगलले निर्णयको विरोध गर्ने योजना बनाएको थियो । गुगलले पहिले नै न्यायाधीश बिंक्रमाको निर्णय विरुद्ध अपिल गर्ने बताएको थियो । तर न्यायाधीशले यस वर्षको अन्त्यतिर वा अर्को वर्षको सुरुमा हुने अपेक्षित सुनुवाइमा आफ्नो सजायको फैसला नदिएसम्म त्यो गर्न सकिँदैन ।
एडेक्स र डीएफपीलाई विनिवेश गर्नु प्राविधिक रूपमा सम्भव नभएको सोमबार आफ्नो फाइलिङमा गुगलले भनेको थियो । दुवै प्रविधिहरू कम्पनीको प्रणालीमा गहिरो रूपमा एकीकृत भएको अनि तिनीहरूलाई बेच्न वा अरू कसैलाई छुट्टाउन सजिलो नहुने कम्पनीको तर्क थियो ।
डिभेस्टिङ इच्छुक खरिददारलाई एडेक्स वा डीएफपी स्रोत कोड बेच्नु जत्तिकै सरल नभएको भन्दै गुगलले एउटा पोष्ट समेत लेखेको थियो । अमेरिकी न्याय मन्त्रालयले गुगलको क्रोम ब्राउजरलाई उसको खोज इन्जिनबाट अलग गर्ने प्रयास गरिरहेको समयमा यो मुद्दाको फैसला आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण