बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
पाचौँ भजहर कप फुटबल

गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त

बुधबार, २४ वैशाख २०८२, १२ : ५९
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा जारीमा निसर्ग हस्पिटल पाचौँ भजहर कप फुटबल प्रतियोगिताको उपाधिका लागि गौरीगंगा–११ स्पोर्टस क्लब र आयोजक श्री जनहित क्लबबिच भिडन्त हुने भएको छ । 

थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुँदैं आएको भजहर कपको सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै गौरीगंगा र जनहित फाइनलमा पुगेका हुन् । गौरीगंगाले सेमिफाइनल खेलमा भजनी नगरपालिका वडा नम्बर ५ को टोलीलाई ४–१ गोलले हरायो । 

आयोजक श्री जनहितले भने सेमिफाइनलमा न्यू सुभित फेन्सी एण्ड श्रृंगार पसल उदासीपुरलाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्‍यो । निर्धारित समयमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । 

प्रतियोगिताको विजेता टोलीले एक लाख र उपविजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने जानकारी आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप