साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो
काठमाडौँ । जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न खेलमा सैनिक आवासीय महाविद्यालयले क्रिएटिभ स्कुललाई ५८ रनले हराएको छ । काठमाडौँ जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
काठमाडौँको तल्लो मुलपानी क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको सैनिक आवासीय महाविद्यालयले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको क्रिएटिम स्कुलले भने १८.३ ओभरमा अलआउट हुनुअघि ६९ रनमात्र बनाउन सक्यो ।
सैनिक महाविद्यालयका लागि ओपनर राजदीप आचार्यले ६५ रनको योगदान गरे । टोलीको कप्तानसमेत रहेका उनले ६४ बलको सामना गरी ६ चौका पनि हिर्काए । सोही योगदानका कारण प्लेयर अफ दि म्याचको पुरस्कार पनि उनले नै पाए ।
अर्का ओपर गौरव कार्कीले पनि टोलीको खातामा १७ रन थपे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रिसु शाहले १० रन जोडे । सैनिक महाविद्यालयले अतिरिक्त रुपमा पनि २० रन पायो । क्रिएटिभ स्कुलका बलर विराट देवकोटा र सुलभ न्यौपानेले दुई–दुई विकेट लिए ।
जवाफी ब्याटिङ गरेको क्रिएटिभ स्कुलका लागि सौगात धामीले सर्वाधिक २० रनको योगदान गरे । क्रिएटिभ स्कुलका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । सुलभ न्यौपानले ११ र ओपनर जयन्द्र बिष्टले १० रन बटुले ।
क्रिएटिभ स्कुलका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । क्रिएटिभ स्कुलले अतिरिक्त रुपमा पनि १६ रन पायो । सैनिक महाविद्यालयका बलर सफल पौडेल र राजदीप आचार्यले तीन–तीन विकेट लिए । उत्सव नेपालले पनि एक विकेट हात पारे ।
नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पू¥याएका नेपाल क्किेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको सम्झनामा काठमाडौँ जिल्ला क्रिकेट संघले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको दोस्रो संस्करण वैशाख २९ गतेसम्म चल्नेछ ।
यो प्रतियोगितालाई आगामी एसीसी मेन्स यू–१६ ईष्ट जोन कप–२०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौँ जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर प्रदान गरिने आयोजक संघले जनाएको छ ।
गत वर्षको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता बनेको थियो । अघिल्लो संस्करणको फाइनलमा सैनिक महाविद्यालयले मोक्षदा स्कुललाई हराएको थियो । यसपटक टोलीको संख्यामा पनि थप गरिएको छ । पहिलो संस्करणमा १६ स्कुलले भाग लिएका थिए । यसपटक भने २१ वटा स्कुलको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । विजेता र उपविजेतालाई प्रदान गरिने बाहेक अन्य सबै व्यक्तिगत पुरस्कार टेक्सास इन्टरनेसनल कलेजले प्रायोजन गरेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण