सिरहामा बाढीमा डुबेर २ बालिकासहित ४ जनाको मृत्यु, एक बेपत्ता
सिरहा-सिरहा लगातारको वर्षासँगै आएको बाढी तथा पानीमा डुवेर अहिलेसम्म सिरहामा दुई बालिका सहित पाँच जनाको मृत्यु भएको छ ।
आइतबार वेलुकादेखि हराइरहेकी मिर्चैया नपा ४ का सन्तोष साहकी ५ वर्षीया छोरी प्रियङ्काको आज सोमबार विहान शव फेला परेको छ । घरबाटै बेलुका हराएकी प्रियङ्काकाको शव गाउँ नजिकैको बारविगहा फूलबारीमा फेला परेको सिरहाकाप्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले जनाएका छन् ।
त्यसैगरी, उदयपुर घर भई सिरहाको नरहा गाउँपालिका ३ चन्द्रअयोध्यापुरस्थित संस्थागत विद्यालयमा कार्यरत ५५ वर्षीय सोभित कटुवालको पानीमा डुवेर मृत्यु भएको छ । विद्यालयको काम सकेर डेरा फर्किने क्रममा बाढीमा चिप्लिएर घाइते भएका कटुवालको उपचारको क्रममा लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी आइतबारै मिर्चैया नगरपालिका १ का बद्री महतोकी १० वर्षीया रागिनी कुमारी महतोको पानीमा डुवेर मत्युत्यु भएको थियो ।सिरहा नपा १६ पटेर्वामा बाढीमा आइतबार एक ३० वर्षीया महिलाको शव भेटिएको छ । उनको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले जनाएका छन् ।
आइतबारै सिरहा नपा १५ सुखचैना गाउँको पोखरीमा डुबेर बेपत्ता भएका १५ वर्षीय भारतीय किशोर बलि साह अझै फेला परेको छैन । उनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण