कांग्रेसमा कोइराला परिवारको सक्रियता
कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो। उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए। पौडेल समूहबाट महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित भए। डा. शेखर कोइराला र सुजाता कोइराला केन्द्रीय सदस्यमा विजयी भए।
१४ औं महाधिवेशनको चर्चा चलिरहँदा तीनै नेता पार्टीको मूल नेतृत्वमा आउन रणनीति बनाउन क्रियाशील छन्। महाधिवेशनलाई लक्ष्य गरी उनीहरूले दुई वर्षदेखि आफूहरू एकढिक्का भएको सन्देश दिन भ्याइरहेका छन्। कहिले ‘लन्च मिटिङ’ गर्छन् त कहिले एउटै मञ्चमा उभिन्छन्। जारी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामा महाधिवेशन पनि समेटिएपछि उनीहरूको सक्रियता झनै बढेको छ। शशांकले गत सोमबार आफ्नो निवासमा शेखर र सुजातासहित लन्च मिटिङ गरे।
०७४ साउन २ मा सामूहिक लन्च गरी उनीहरूले पार्टीभित्र कोइराला परिवारको विरासतलाई पुनर्ताजगी गर्न लागेको सन्देश दिए। जेपी कोइराला फाउन्डेसनका नाममा गतिविधि थप तीव्रता पाएको छ। विराटगरबाट वीरगन्जसम्म सामूहिक रूपमा मञ्चमा प्रकट मात्रै भएनन् बरु पार्टीको नेतृत्वसमेत दाबी गरे।
यो समाचार आजको अन्नपूर्ण पोष्ट दौनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
-
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : विभिन्न क्षेत्र संयोजन गर्न १० नेतालाई जिम्मेवारी
-
४८ करोड ९८ लाख राजस्व सङ्कलन
-
आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्य आवश्यक
-
रश्मि रिजाल मृत्यु प्रकरण : सिसिटिभी फुटेज विश्लेषण गर्दा के देखियो ?
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण