उर्जाले माग्यो अर्थ मन्त्रालयसँग ३८ करोड २६ लाख
काठमाडौं– उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले गत असारको बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिञ्चाई संरचनाहरुको पुनः निर्माणको लागि अर्थमन्त्रालयसँग ३८ करोड २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराउन माग गरेको छ ।
उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रीले बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि क्षतिग्रस्त संरचना मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिएका हुन् । उनले क्षतिग्रस्त संरचनाको मर्मत तथा नया निर्माणका लागि सिञ्चाई विभागले तयार पारेको तत्कालीन र दीर्घकालीन कार्ययोजना अनुसार तत्कालीन मर्मत र निर्माणका लागि ३८ करोड २२ लाख र दीर्घकालीन कार्यका लागि २ अर्ब ११ करोड २२ लाख लाग्ने जानकारी दिए ।
सम्भावित बाढीका बारेमा बर्षाद पूर्व जल तथा मौसम विभागबाट पूर्व सूचना जारी गरिएकाले आवश्यक सतर्कता अपनाइएको र बाढीको समयमा जलश्रोत तथा सिञ्चाई विभाग अन्तर्गतका कार्यालयबाट आपतकालीन बचावटका कार्य सञ्चालन गरिएकाले अनुमान गरेभन्दा कम क्षति भएको बताए ।
गत बर्ष ५ अर्ब बजेट निकासा भएकोमा यस बर्ष साढे २ अर्ब मात्रै भएको भन्दै उनले सबै बजेट स्थानीय तहमा गएकाले नदी संरक्षण, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तीनवटै सरकारबीच समन्वय आवश्यक पर्ने बताए ।
मन्त्री पुनले नदीको वहाव प्राकृतिक रुप भन्दा विपरित दिशाबाट संरचना बनाएकाले पनि डुबानको समस्या निम्तिने गरेको उल्लेख गर्दै समस्या सम्बोधनका लागि सरोकारवाला मन्त्रालयबीच एकीकृत योजना बनाउनुपर्ने आवश्यकता आंैल्याए ।
गत असार २७ देखि २९ गते सम्मको अबिरल बर्षाका कारण नदी तथा स्थानीय खोलामा आएको बाढीका कारण तराई लगायत मुलुकका विभिन्न स्थानका सिञ्चाई आयोजना तथा तटबन्धहरु क्षतिग्रस्त बनेका छन् ।
मन्त्रालयले लाल बकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट ४० हजार थान बोरा र २ सय ५० थान नाइलन जाली तथा लाल बकैया नदीबाट विभिन्न स्थनमा भएक कटान र डुबान नियन्त्रणका लागि बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट १ लाख ६२ हजार थान बोरा तथा ७ सय ५५ थान नाईलन जाली क्षतिग्रस्त स्थानहरुमा उपलब्ध गराउने काम भएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण