बैंकबाट गायब भएको १ लाख २२ हजार सिसिटीभीको सहयोगमा यसरी भेटियो
रौतहट– रौतहटको गरुडास्थित राष्ट्रिय बाणिज्य बैंकबाट गायव भएको सेवाग्रहीको रकम सिसिटीभी फुटेजको आधारमा बरामद भएको छ । शुुक्रबार दिउँसो बाणिज्य बैंकको प्रबन्धकको कोठाबाट गायब भएको एकलाख २२ हजार रुपैयाँ केही घन्टा नबित्दै सिसीटिभीको सहयोगमा भेटिएको हो ।
रकम गायब भएलत्तै बैंकको सिसिटीभी फुुटेज र सोही समयमा बैंकबाट भएको चेक भुक्तानीको आधारमा मानिस पहिचान भएपछि रकम बरामद भएको हो । घटना विवरणअनुसार शुक्रबार दिउँसो गरुडा नगरपालिकाका मधेशवादी दलका नेता राजकुमार दास राष्ट्यि बाणिज्य बंैकमा चेकबाट पैसा निकाल्न गएका थिए । बैंकबाट कूल १ लाख २२ हजार रुपैयाँ निकालेर प्रबन्धकको कक्षमा बसेर दासले कागज मिलाई रहेका थिए ।
नेता दासको ध्यान कागजमा केन्द्रित हुनासाथ बैंकबाट रकम झिक्न आएका एकजना अर्का सेवाग्रही माधवनारायण नगरपालिका ३ भेलहीका सञ्जय यादवले उक्त रकम लिएर फरार भए । घटनालगतै बैंकको सिसिटीभी फुुटेज हेरियो । त्यतिमात्र होइन शुुुक्रबार १२ बजेर १२ मिनेट १२ सेकण्डमा आरोपी यादवले पनि बैंकबाट पैसा झिकेको देखियो । रकम झिकेको केही मिनेट नबित्दै यादवले पालेको फ्रेन्चकट दाह«ीको आधारमा उनलाई नियन्त्रणमा लिइएको पीडित राजकुमार दासले बताए ।
पीडित दासले घटनालगतै १० वटा मोटरसाइकलमा २० जना सहयोगी लिएर आरोपी सञ्जय यादवको घरमा गएर वडाअध्यक्ष राजकुमार साहको रोहवरमा पञ्चायती गरेर उक्त रकम फिता गरेको बताए । जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले भने घटनाबारे अनुसंधान भइरहेको र दोषी ठहर भए कुनैपनि हालतमा नछोड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण