थानकोटबाट पेस्तोलसहित पक्राउ परेका लामा विप्लवको कार्यकर्ता
काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित पक्राउ गरेको व्यक्ति विप्लव कार्यकर्ता रहेको खुल्न आएको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाईन्टबाट २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित ललितपुर कोन्ज्योसम गाउँपालिका–२ बस्ने २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई थानकोट प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख डीएसपी कुमार बिक्रम थापाले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामा विप्लव कार्यकर्ता रहेको खुल्न आएको रातोपाटीलाई जानकारी दिए ।
थापाका भने, ‘धादिङबाट काठमाडौं आउँदै गरेको बा२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।’
लामाको साथबाट उसालेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबार वैद्यखानाको क्षमता अभिवृद्धि र औषधि उत्पादन बढाउन निर्देशन
-
वैदेशिक रोजगार बोर्डले डिजिटल सूचना तथा स्रोत केन्द्र स्थापना गर्ने
-
गृहमन्त्रीकाे आश्वासनपछि सुजनले गरे धर्ना स्थगित
-
शिव परियारको ‘दिल परानी’
-
इप्पानको अधिवेशनमा किन छ विवाद ?
-
अदालतले रोक लगाउँदा रक्षाको बेरुजु बढ्यो, कागजपत्र नपाउँदा वन मन्त्रालय समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण