श्वेता तिवारीको घरेलु विवादमा सहकर्मीको प्रतिक्रियाः भने, ‘उनी अत्यधिक...’
टिभी नायिका श्वेता तिवारी र उनका श्रीमान् अभिनव कोहलीबीचको विवाद आजकाल चर्चाको विषय बनेको छ । अब श्वेता तिवारीका निकै राम्रा साथी एवं नायक आशिष कोलले यसबारे प्रतिक्रिया दिएका छन् ।
आईडब्ल्यूएमबज डट कमसँगको कुराकानीमा कौलले भने, ‘म श्वेताको ग्यारेन्टी दिन सक्छु । उनको यो समस्या सुल्झाउने पूरा कोसिस गरेकी थिइन् होला तर धेरै पटक आफूले सोचेको जस्तो हुँदैन । श्वेतामा बोल्ड स्टेप लिने साहस छ । जुन श्वेतालाई म चिन्छु उनी निकै स्ट्रङ्ग छन् ।’
जब आशिषसँग श्वेताको राजा चौधरीसँग विवाहबारे सोधियो तब उनले भनिन्, ‘श्वेता भारतीय संस्कृती, मूल्य मान्यता जानेकी साधारण महिला हुन् । हरेक घरमा कुनै न कुनै इश्यू पक्कै हुन्छ । उनले राजासँगको आफ्नो विवाह बचाउने पूरा कोसिस गरेकी थिइन् ।’
आशिषका अनुसार श्वेता निकै दयालु, बहादुर र आफ्नो भावना व्यक्त गर्ने महिला हुन् ।
स्मरण रहोस्, श्वेता र आशिष सिरियल कसौटी जिन्दगीदेखिकै साथी हुन् । उक्त सिरियलमा आशिषले अनुरागका कजनको भूमिका निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

