‘सत्य सत्य’ मा आर्यनसँग बोल्ड प्रियङ्का
काठमाडौं– पछिल्लो समय फिल्म प्रदर्शनमा आएपछि पनि केही गीत संगीत सार्वजनिक गर्ने ट्रेन चलेको छ। यसले फिल्म प्रदर्शनको समय दर्शकमा कौतुहल्ता बढाउदै प्रचारमा पनि बल पुर्याउने फिल्मकर्मीको बुझाई रहेको छ ।
सायद त्यसैले पनि होला गत बिहिबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ निर्माण युनिटले पनि अहिले एक नयाँ गीत सार्वजनिक गरेको छ । ‘सत्य सत्य’ बोल रहेको गीत प्रेमरसले भरिएको छ ।
गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियङ्का कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । गीतमा प्रियंकाको बोल्ड अन्दाज समेत देख्न सकिन्छ ।
प्रविन पौडेलको संगीत रहेको गीतको शब्द मानस विक्रम थापाले कोरेका हुन् । कथाको सस्बेन्स खुल्ने डरले गीत रिलिज अगाडि सार्वजनिक नगरिएको फिल्मका निर्देशक विकाशराज आचार्यले बताए । हुन त फिल्मको प्रचारमा पनि प्रियंका काहीँ कतै देखिएकी थिइनन् ।
सायद त्यसैले फिल्ममा आर्यनको जोडी स्वस्तिमा खड्का हुन् भनेर धेरैले आड्कल काटेका थिए । दर्शकलाई प्रियंकाको पाटो सरप्राइज प्याकेजको रुपमा प्रस्तुत गर्न फिल्म प्रचारमा प्रियंका लुकाइएको निर्देशक आचार्यको भनाई रहेको छ ।
फिल्ममा अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरि पौडेललगायतको समेत अभिनय छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण