मनाइयो ऐतिहासिक नरसिंह जात्रा (फोटोफिचर)
काठमाडौं– काठमाडौँ उपत्यकाको पुरानो जात्रा मध्यको नरसिंह जात्रा र गणेश पूजा पाटनमा मनाइएको छ ।
ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सुरु भएको मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ । आज मंगलबजारको तुइलाक्वः टोलबाट नरसिंहसहित देव देवीको यात्रा सुरु भएको छ । जात्र सुरु हुनुअघि पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर अगाडि सबैको कल्याणको कामना गर्दै नरसिहंको विशेष पूजा गर्ने चलन छ ।

जात्रामा भगवान नृसिंहसंगै लक्ष्मी र सरस्वतीलाई देवीको रुपमा रखिन्छ । बिष्णुभक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ । जात्रामा अप्सराहरूले नरसिंह भगवान हिड्ने बाटो कुचोले बढार्ने, गोरसले बाटो पखाल्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका मुख्य आकर्षण हुन् । यो जात्रा पाटनका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालन गर्ने चलन छ । यो जात्रा करिब ३८७ वर्ष पुरानो भएको लिखित इतिहास रहेको भनाइ छ ।

नरसिंह जात्राको क्रममा बाजा गाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ । यो जात्रा बिष्णुभक्त प्रह्लादलाई उद्दार गर्न भगवान विष्णुले नरसिंह अवतार लिई दानव हिरण्डकश्यपुको वध गरेको सम्झनामा मनाइएको मानिन्छ ।
त्यस्तै, गणेश पूजा पनि परम्परागतरुपमा मनाइएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण