सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा श्रेष्ठ अगाडि
काठमाडौँ–सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष चयनका लागि गृहकार्यमा जुटेका प्रमुख राजनीतिक दलका नेताहरु सहमति नजिक पुगेका छन् ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच मङगलबार र बुधबार भएको छलफलमा आयोगको अध्यक्ष चयनका बारेमा सहमति नजिक पुगेका हुन् ।
स्रोतका अनुसार बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आयोगको अध्यक्षका बारेमा छलफल भएको हो । नेताहरुबीच पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठ, अधिवक्ता गोविन्द बन्दी र नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीमध्ये कसलाई अध्यक्ष बनाउँदा उपयुक्त हुन्छ भन्नेबारेमा छलफल भएको थियो ।
यद्यपी नेताहरुबीच तीन नाममा छलफल भएपनि सहमति नै भने भइनसकेको सत्तारुढ दलका एक नेताले बताए । ति नेताका अनुसार पूर्व महान्यायाधिवक्ता श्रेष्ठको नाममा तीन शीर्ष नेताहरु लगभग सहमतिनजिक पुगेका हुन् ।
यद्यपी नेताहरुबीच आयोग पदाधिकारी नियुक्ति सिफारिस समितिसँग छलफल गरेर टुङगोमा पुग्ने सहमति भएको छ ।
सरकारले आयोगको अध्यक्ष सिफरिसका लागि २०७५ साल चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । सिफारिस समितिको बैठक पनि बुधबारै बस्ने बताइएको छ । बैठकले अध्यक्ष हुने व्यक्तिको नाम सिफारिस गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण