यू–१९ क्रिकेट टोलीको घोषणा
श्रीलंकामा यही भदौ १९ देखि २९ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि बिहिबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । प्रशिक्षक विनोद दास लगातले रोहितकुमार पौडेलको कप्तानीमा खेलाडी टोलीको घोषणा गरेका हुन् ।
नेपाली टोलीका खेलाडीहरुमा कप्तान रोहित, रित गौतम, पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरिबहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामाङ, लोकेश बम र प्रतिस जिसी रहेका छन् । ब्याटिङ कन्सल्टेन्टमा अपुर्भ देसाई, ब्यवस्थापकमा राजु खड्का, फिजियामो बिक्रम न्यौपाने र फिटनेस ट्रेनरमा सुबास पात्रो छन् ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । नेपालले पहिलो खेल भदौं २० गते आयोजक श्रीलंकासँग खेल्नेछ । नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युईसँग भदौ २४ गते खेल्नेछ ।
राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो । नेपाली टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण