लागुऔषधको सूई लगाएर बनाए यस्तो शरिर, अब मृत्युको संघारमा
बडि बिल्डिङ सुपरस्टारको रुपमा आफ्नो पहिचान बनाइसकेका रिच पियाना अहिले अस्पतालमा आफ्नो जीवन र मृत्युसँग लडिरहेका छन् । ४६ वर्षीय रिच पियाना आफ्नो आफ्नो फ्लोरिडास्थित घरमा अचानक लडे जसका कारण उनलाई अस्पताल पुर्याइयो । पियानाकी प्रेमिका शनेल जान्सेनका अनुसार पियाना अचानक लडेपछि उनले हतारिँदै अस्पताललाई फोन गरिन् र स्वास्थ्यकर्मीले उनलाई अस्पताल पुर्याएका हुन् । मिडिया सूत्रका अनुसार मेडिकल समूहले पियानाको यस्तो स्थितीको जिम्मेवार लागुऔषध ओभरडोज बताएका छन् । उनी अहिले कोमामा छन् ।
मिस्टर क्यालिफोर्निया हुन् पियानाः
मिस्टर क्यालिफोर्निया बनिसकेका रिच पियाना आफ्नो सुगठित शरिरका लागि परिचित छन् । इन्स्टाग्राामा पियानाका करिब १० लाख फलोअर्स छन् ।
आफ्नो शरिरलाई मेन्टेनमा राख्नका लागि पियाना दिनमा ९ पटक खाना खान्थे । उनी आफ्नो वर्कआउट र डाइटको भिडियो सोसल मिडियामा पोष्ट गर्ने गर्दथे ।
सन् २०१६ मा पियानाले इपोक टाइम्सलाई दिएको अन्तर्वार्तामा आफूले पछिल्लो २७ वर्षदेखि स्टेरोइड्स खाइरहेको बताए ।
तरपनि पियाना सोसल मिडियामा निकै चर्चित भइरहे । उनको हरेक भिडियोलाई २ लाख भन्दा बढि पटक हेरिन्छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण